अभिलाष गुप्ता
रक्सौल ०४ असोज
रक्सौल: अखिल भारतीय मारवाड़ी महिला सम्मेलन रक्सौल शाखाको तत्वावधानमा गत साँझ आयोजना गरिएको डांडिया नाइट रक्सौलवासीका लागि विशेष बन्यो। कार्यक्रममा उपस्थितहरुले डांडिया गीतमा जमकर मस्ती गरेका थिए।
नवरात्रिको अवसरमा शुक्रबार मेन रोडस्थित पंकज वाटिकामा आयोजित “डांडिया नाइट” को विधिवत् सुरुवात विशिष्ट अतिथि आईसीपी प्रबन्धक कुमार राजीव रंजन, कार्यकारी सभापति श्रीमती पुष्पा देवी, श्री सत्यनारायण मारवाड़ी पंचायत मन्दिरका सचिव कैलाश चन्द काबरा, बिहार प्रादेशिक मारवाड़ी सम्मेलनका सचिव सीताराम गोयल, मारवाड़ी महिला सम्मेलनकी अध्यक्षा सोनु काबरा र महिला तथा बाल विकास प्रमुख वीणा गोयल, सचिव संगीता धानोठिया, सावन सुहाना मेहँदीका धीरज कुमारले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए।
कार्यक्रमको सुरुवात गणेश वन्दनाबाट गरिएको थियो। त्यसपछि देवी गीतको प्रस्तुति हुँदा सम्पूर्ण वातावरण नै गरबाको रङमा रङ्गिएको थियो। रङ्गीचङ्गी बत्तीको झिलमिलमा गरबा नाइटको दृश्य अद्भुत देखिन्थ्यो। विभिन्न पोशाकमा सजिएका महिलाहरू र युवतीहरू जोडीदारसँग नाच्दै रमाइरहेका देखिन्थे।
त्यसपछि सहभागीहरूले ‘ढोलीदा’, ‘ढोली तारो ढोल’, ‘ढोलीदा ढोल रे’, ‘मेरी चुनर उड़-उड़ जाए’, ‘हे नाम रे’, ‘सबसे बड़ा तेरा नाम’ जस्ता डांडिया र गरबा गीतमा जमकर नाच गरे।
कार्यक्रमको मुख्य आकर्षण फन, फूड र म्युजिक रहे। कार्यक्रममा राखिएका चाट–पकौडासहितका स्वादिला परिकारका स्टलहरूमा सहभागीहरूले रमाइलो गर्दै स्वाद चाखेका थिए।
शिखा रंजनले सफलतापूर्वक मंच संचालन गरिन् भने गोरखपुरबाट आएका एंकर साकेत जालान (ओरियो) ले मनमोहक शैलीमा एंकरिङ गर्दै माहोललाई झनै रमाइलो बनाए।
डांडिया नाइटमा विभिन्न प्रतियोगिता पनि आयोजना गरिएको थियो जसमा सोलो डांडिया, कपल डांडिया, ग्रुप डान्स परफर्मेन्स।









