२०८२ चैत्र ६ गते शुक्रबार

कुम्हालटोल टोल सुधार समाज द्वारा १४ औ मासिक निशुल्क भोजन कार्यक्रम सम्पन्न

 

कुम्हालटोल टोल सुधार समाज बिरगंज ७ द्वारा रेल्वेरोडमा अवस्थित पन्चमुखी हनुमान मन्दिर ( सामुदायिक प्रहरी कुम्हालटोल ) अगाडी आज शनिबारको दिन लगातार १४ औं निशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ । आजको निशुल्क भोजन शिविरमा आयोजक समाजका सेवकहरुले बाटोमा हिडने पर्यटक ,बटुवा,रिक्सा ,ठेला , इरिक्सा चालक, गरिब असहायहरुलाई दाल भात,परवल आलु चनाको तरकारी र भुटेको हरियो खुर्सानीको अचारहरु निशुल्क भोजन गराएका हुन ।

कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न भएको निशुल्क कार्यक्रममा अतिथी सेवकहरु वीरगन्ज कपडा बैंकका अध्यक्ष संचारकर्मी लालबाबु सिंह ,अमरटोल टोल सुधार समिती वीरगन्जका सचिव युवा समाजसेवी नवराज भट्टराई ,समाजका सचिव हेमन्त शाक्य,कोषाध्यक्ष बैधनाथ साह,सहसचिव रितेश गुप्ता, सल्लाहकारहरु सामुदायिक प्रहरी कुम्हालटोलका सचिव समाजसेवी श्रवणबहादुर रायमाझी ,समाजसेवी गोबिन्द ताम्राकार लगायत स्थानिय अग्रज ,युवाहरुको बाक्लो सहभागिता रहेको थियो।

सो अवसरमा सेवा गर्दै बिरगंज कपडा बैंकका अध्यक्ष सिंहले दिन दुखी असहायको सेवा सहयोग नै हामी मानवको सबै भन्दा ठूलो धर्म भएकोले समाजले विगत १ वर्ष देखि घर जस्तो सफा स्वच्छ ,पोषिलो,गुणस्तरीय भोजन खुवाएर गरेको सेवा निकै सराहनिय रहेको , भोजमा खुवाएको जस्तो बसाएर सोधी सोधी थपेर भोजन खुवाएर सेवा गरेको देख्दा असाध्यै खुशी लागेको बताउदै यस्तो सुकार्यको निरन्तरता हुनु पर्छ र आफ्नो सधै साथ सहयोग रहने बताउदै समाजको सराहनीय सुअभियानमा सम्पुर्णलाई हातेमालो गर्न मानवता बलियो बनाउन आग्रह पनि गर्नु भयो ।

सो निशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको १ पटक पहिलो शनिबार आयोजना गरिने कुम्हालटोल टोल सुधार समितीका अध्यक्ष नन्दलाल अहिरले जानकारी दिदै यो निशुल्क भोजन शिविर कार्यक्रम समाजका पदाधिकारी एवम् दाताहरुको सहयोगले चलिरहेको बताउदै उप्रान्त प्रत्येक महिनाको पहिलो शनिबार मात्र नभएर प्रत्येक १५ दिनमा र तत्पश्चात प्रत्येक शनिबार आयोजना गरि दिन दुखी असहायको सेवा सहयोग गर्न आफुहरु तैयार रहेको मात्र मानवताप्रेमी सहयोगी हातहरुको हातेमालोको आवश्यकता रहेको आग्रह गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM