२०८२ चैत्र ५ गते बिहीबार

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा द्वारा वीरगञ्जमा ई–रिक्सा सहित अबैध कपडा बरामद

 

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले वीरगञ्जमा अबैध रुपमा भन्सार छली ल्याइएका सामान सहित ई–रिक्सा नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोक नजिक स.प्र.स.नि. दिपेश चौधरीको कमाण्डमा खटिएको सात जनाको गस्ती टोलीले मधेश प्रदेश ०३–००१ ह २७६९ नं. को ई–रिक्सामा भारततर्फबाट ल्याइएका कपडा लोड गरी परवानीपुरतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उक्त ई–रिक्सामा करिब रु. ५० हजार बराबरको विभिन्न प्रकारका कपडा र रु. ३ लाख बराबरको ई–रिक्सा समेत गरी कुल रु. ३ लाख ५० हजार बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले भने, चालक ई–रिक्सा छाडेर भाग्न सफल भएको छ ।

बरामद गरिएको कपडा र ई–रिक्सा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी नं. १३ गण पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM