२०८२ चैत्र ५ गते बिहीबार

नेपालमै पहिलो पटक भव्य चुनरी यात्राको तयारी सम्पन्न, घटस्थापनामा १५१ मिटर लामो चुनरी यात्रा हुने

 

विश्व हिन्दु परिषद् पर्साले नेपालमै पहिलो पटक भव्य चुनरी यात्राको तयारी पूरा गरेको छ। परिषद्को नगर समितिका सचिव दिपेन्द्र कुमार सर्राफले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भोलि सोमबार अर्थात् घटस्थापनाको दिन दिउसो ३ बजेदेखि करिब १५ सय भक्तजनहरूको सहभागितामा १५१ मिटर लामो माताको चुनरी यात्रा सुरु हुने बताए।

उनका अनुसार, भारतका विभिन्न राज्यहरूमा विशेषगरी घटस्थापनाको दिन निकालिने चुनरी यात्रालाई यसपालि पहिलो पटक वीरगञ्जस्थित गहवामाई मन्दिरमा आयोजना गरिएको हो। यस यात्रामा भक्तजनहरूले हातमा बोकेको चुनरीमार्फत आशीर्वाद प्राप्त गर्ने धार्मिक मान्यता रहेको पनि उनले बताए।

चुनरी यात्रा नगर परिक्रमा गर्दै पुनः माईस्थानमा पुगेर विशेष पूजा–आराधनासहित सम्पन्न गरिने सर्राफले जानकारी दिए।

आफूहरूले यो यात्रा देश र समाजको हित र मंगलकामनाका लागि आयोजना गरेको र यसका लागि कुनै पनि प्रकारको आर्थिक सहयोग कसैबाट नलिएको स्पष्ट पार्दै उनले सम्पूर्ण हिन्दु श्रद्धालुहरूलाई यस ऐतिहासिक यात्रामा सहभागी हुन आग्रह गरे।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM