२०८२ चैत्र ५ गते बिहीबार

पर्सामा १९ किलोभन्दा बढी चरेस बरामद

 

 

पर्सा जिल्ला, पोखरिया नगरपालिका–७ जगतपुर मननपुर गाउँस्थित एक घरमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ।

विशेष सुराकीको आधारमा वि.ओ.पी. प्रसौनी भाष्ठ्ठाबाट खटिएको प्रहरी टोलीले स.प्र.नि. चेतन बाह्रकोटीको कमाण्डमा ६ जनाको मोटरसाइकल गस्ती टोलीमार्फत छापा मार्दा करिब १९.१२६ किलो चरेस फेला परेको हो। चरेस दुईवटा कालो झोलामा कार्टुनभित्र लुकाइ राखिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ।

छापा मार्ने क्रममा घरमा कुनै व्यक्तिको उपस्थिती नभएको पुष्टी गरिएको छ। बरामद गरिएको चरेसलाई थप कारबाहीका लागि सु.बेश पोखरिया अंतर्गत खटिएको स.प्र.ना.उ. सम्भु कटुवालको गस्ती टोलीमार्फत जिम्मा दिइएको र हाल ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM