अभिलाष गुप्ता
चैत १३ बिरगंज
सशस्त्र प्रहरीले नेपालबाट छली लुकाई छिपाई भारतको रक्सौल तर्फ जादै गरेको अवस्थामा एउटा अटोबाट १० केजि सुक्मेल बरामद गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित सीमा नाका भन्सार कार्यालयको मुख्य द्वार अगाडि चेकजाँच गर्ने क्रममा ना.१ ह १-०३११ नम्बरको अटोबाट भन्सार छलि गरि कालो प्लास्टिकमा प्याक गरि पछाडिपट्टिको सिट मुनि लुकाएर राखेको अवस्थामा १० किलो सुकुमेल अबैध रुपमा नेपाल बाट भारत तर्फ निकासी गर्न लागदै गरेको अवस्थामा नियत्रनमा लिइएको छ । अटो र सुकुमेल को मुल्य रु. २ लाख ५० हजार रहेको जनाईएको छ।
सामग्री सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले बरामद गरेको जनाएको छ । अटोचालक एवम् अटो सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अटोको पछाडिपट्टिको सिट मुनि लुकाएको अवस्थामा फेला परेको थियोे । उक्त सुकमेल तथा अटोको अन्दाजी मूल्य करिब २ लाख ५० हजार मूल्याकंन गरी भन्सार कार्यालय बुझाइएको सुब्बाले जानकारी दिएका छन्।









