नेपाल लायन्सको ५५औँ वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ वीरगञ्ज गेटवेले पूर्वनिर्धारित कार्यक्रमअनुसार वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित ईदगाहाचोकमा रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
समाजमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा सर्वसाधारणलाई आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित परीक्षण गर्न प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरिएको थियो।
कार्यक्रम लायन्स क्लब अफ वीरगञ्ज गेटवेका सदस्य फैयाज आलमको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रममा क्लबका अध्यक्ष तथा समाजसेवी लायन्स प्रकाशकुमार उपाध्याय, लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर लायन्स रामबिहारी पाण्डे, सचिव लायन्स कपिलदेव तिवारीलगायतको सहभागिता रहेको थियो।
त्यसैगरी कार्यक्रममा लायन्स वीरेन्द्रकुमार आर्य, लायन्स वकिलप्रसाद रौनियार, लायन्स इन्जिनियर श्यामबाबु प्रसाद, लायन्स विकास जैसवाललगायत लायन्स सदस्य तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
स्वास्थ्य परीक्षण कार्यक्रममा स्थानीय सर्वसाधारणले उत्साहपूर्वक सहभागिता जनाएका थिए। सहभागीहरूको रक्तचाप तथा मधुमेह परीक्षण गर्दै स्वास्थ्यप्रति सचेत रहन र नियमित रूपमा स्वास्थ्य जाँच गराउन सुझाव दिइएको थियो।
लायन्स क्लबले सामाजिक सेवा र स्वास्थ्य क्षेत्रमा निरन्तर विभिन्न कार्यक्रम गर्दै आएको जनाउँदै आगामी दिनमा पनि समुदायको आवश्यकता र हितलाई केन्द्रमा राखेर सेवामूलक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।
नेपाल लायन्सको ५५औँ वार्षिकोत्सवलाई लक्षित गरी आयोजना गरिएका यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमले स्थानीयस्तरमा स्वास्थ्य सचेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।
























