२०८३ कार्तिक १८ गते मंगलवार

बालेन सरकार ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’मा विश्वास गर्दैन : सांसद हरि पन्त

 

प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले वर्तमान बालेन सरकारले ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’को राजनीतिमा विश्वास नगर्ने बताएका छन्।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा वीरगञ्जको टाउनहलमा आयोजित भारतीय राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५०औँ वार्षिकोत्सव विशेष सांस्कृतिक समारोहलाई सम्बोधन गर्दै सांसद पन्तले यस्तो बताएका हुन्।

उनले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त विशिष्ट रहेको उल्लेख गर्दै नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व दिँदै आएको बताए।

सांसद पन्तले नेपाल र भारत दुवै देशका साझा धार्मिक धरोहर, संस्कृति तथा चाडपर्वले दुई देशबीचको आपसी सम्बन्धलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए।

भारतीय महावाणिज्यदूत देवी सहाय मीनाको अध्यक्षतामा सम्पन्न उक्त विशेष सांगीतिक समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर), नयाँ दिल्लीका तर्फबाट सुश्री विजया भारतीको नेतृत्वमा आएको टोलीले सांगीतिक प्रस्तुति दिएको थियो।

कार्यक्रममा भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को ऐतिहासिक महत्त्व र यसको पृष्ठभूमिबारे प्रकाश पारेका थिए।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM