२०८३ कार्तिक १८ गते मंगलवार

लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीद्वारा चौथो पटक ‘पिस पोस्टर कन्टेस्ट’ सम्पन्न, विशाल साह प्रथम

 

मानवता, शान्ति, आपसी सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीको आयोजनामा ‘पिस पोस्टर कन्टेस्ट’ (Peace Poster Contest) सम्पन्न भएको छ। ‘Harmony in Humanity’ अर्थात् ‘मानवतामा सद्भाव’ विषयमा आयोजित उक्त प्रतियोगितामा नवदीप एकेडेमीका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीकी चार्टर प्रेसिडेन्ट, नवदीप एकेडेमीकी सञ्चालिका तथा प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष लायन सुशिला साहले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पीएमजेएफ लायन डीएन अग्रवाल तथा विशिष्ट अतिथिका रूपमा डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन बासु तिमल्सिना सहभागी हुनुहुन्थ्यो।कार्यक्रमको सञ्चालन लायन नेहा अग्रवालले गर्नुभएको थियो।

विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता यस वर्ष चौथो पटक सफलतापूर्वक सम्पन्न भएको हो। प्रतियोगितामा नवदीप एकेडेमीका कक्षा ७ मा अध्ययनरत २० जना विद्यार्थीले सहभागिता जनाएका थिए। सहभागी विद्यार्थीहरूले ‘मानवतामा सद्भाव’ विषयलाई विभिन्न कलात्मक चित्रमार्फत प्रस्तुत गर्दै शान्ति, प्रेम, एकता, सहिष्णुता र मानवीय मूल्यको महत्त्व झल्काएका थिए।

प्रतियोगिताको नतिजाअनुसार विशाल साहले प्रथम स्थान हासिल गर्न सफल भएका छन्। त्यसैगरी किशन मण्डलले दोस्रो, परी गुप्ताले तेस्रो र एलिस सिंहले चौथो स्थान प्राप्त गरेका छन्।

लायन्स क्लबले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता, कलात्मक प्रतिभा तथा सामाजिक र मानवीय भावनाको विकास गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। पिस पोस्टर कन्टेस्टले बालबालिकालाई चित्रकलाका माध्यमबाट विश्व शान्ति, मानवता र आपसी सद्भावको महत्त्व बुझाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।

कार्यक्रमले विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्नुका साथै समाजमा शान्ति, एकता र मानवीय सद्भावको सन्देश प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM