२०८३ असार १ गते सोमबार

पत्रकार महासंघ पर्साद्वारा पत्रकार सुरेश रजकको १३ औं पुण्यतिथीमा दीप प्रज्वलन

 

नेपाल पत्रकार महासंघ पर्सा द्वारा स्वर्गीय पत्रकार सुरेश रजक को १३ औं पुण्यतिथीमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण
सम्पन्न गरेको छ। आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकको हत्यारा र सञ्चार गृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरु द्वारा बुधबारको दिन घन्टाघर चौक स्थित दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरेका हुन।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा पर्साका सञ्चारकर्मीहरुले उक्त दिप प्रज्वलन कार्यक्रम गरेका छन।

पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले सबै पत्रकारहरु लाई १ मिनेटको मौन धारण गराई। राजवादीहरुको हिंस्रक आन्दोलनमा मारिएका पत्रकार रजकको १३ औं पुण्यतिथीमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गएका थिए ।उक्त कार्यक्रममा विभिन्न मिडिया बाट आएका संचारकर्मीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM