राउन्ड टेबल नेपाल द्वारा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। परवानीपुर स्थित मेग्नस फर्माटिकसको प्रङगनमा सम्पन्न भएको छ। बिरगंज रक्त संचार केन्द्र बिर्तामा रगतको अभावलाई मध्य नजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।
राउन्ड टेबल नेपालका राष्ट्रिय अध्यक्ष प्रबेश अग्रवालको प्रमुख आतिथ्यतामा एवं बिकाश अग्रवाल, दिपल खन्नाको विशेष उपस्थितिमा भब्यतापूर्वक कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रममा ५ महिला सहित ४३ जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए । रक्तदान गर्नेमा प्रिया सिंह, प्रियंका, कमल नयन, दिल सागर दास, अमित कुमार, राहुल सर्राफ, मेवालाल ठाकुर, नरेश पटेल, सविन साह, धिरज महतो लगायतकाहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताले जानकारी गराएका थिए।
सो रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र बिरगंजका प्राविधिक जितेन्द्र कुशवाहा, लिलाधर साह, नितेश साह लगायतका नेतृत्वको टोलीले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए।









