२०८२ फाल्गुन २३ गते शनिबार

अमलेखगञ्जको जंगलबाट दुई पोका गाँजासहित एक मोटरसाइकल बरामद मानिस फरार

 

 

अभिलाष गुप्ता
बैशाख ०५ बिरगंज

बाराको अमलेखगञ्ज नजिकको जंगलबाट प्रहरीले लागू औषध गाँजा बरामद गरेको छ ।ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी बरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जंगलबाट दुई पोका गाँजासहित एउटा मोटरसाइकल बरामद गरेको छ ।

जीतपुरसिमरा उप–महानगरपालिका वडा नमबर २१ अमलेखगञ्जस्थित छठीमाई घाट खोला छेउको कच्ची सडक हुदै ना ४१ प ६२४१ नम्बरको पल्सर मोटरसाईकल लुकिछिपि गईरहेको बेला प्रहरीले उक्त मोटसाइकललाई पछ्याएको थियो । त्यसक्रममा मोटरसाइकल चालकसमेत २ जना व्यक्तिहरू मोटरसाइकल छाडेर जंगलभित्र भागेको र त्यहाँ पुग्दा रातो प्लाष्टीकमा डोरीले बाधेको दुई पोका अर्थात ११ केजी ५१ ग्राम गाँजा बरामद भएको प्रहरी बरिष्ठ नायब निरीक्षक कार्कीले जानकारी दिए ।फरार भएका तस्कहरुको खोजी कार्य भइरहेको बताएका छन।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM