२०८३ असार १ गते सोमबार

वीरगञ्जमा सबै प्रकारका समारोहमा आतिशबाजी र पटाका पूर्णरूपमा प्रतिबन्ध

 

अभिलाष गुप्ता
वीरगञ्ज,१७ बैशाख

विवाह, ब्रतबन्ध, पार्टी तथा अन्य उत्सवहरूमा प्रयोग हुने आतिशबाजी र पटाकाका कारण हुने सार्वजनिक असुविधा र सुरक्षालाई ध्यानमा राख्दै वीरगञ्जमा अबदेखि राती १० बजे पछि यस्ता गतिविधिहरूमा पूर्णरूपमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साको सभाहलमा आज प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा सम्पन्न सरोकारवालाहरूको बैठकले उक्त निर्णय गरेको हो। होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तका अनुसार बैठकमा आतिशबाजी र पटाकाका कारण हुने ध्वनि प्रदूषण, आगलागीको सम्भावना, बालबालिका तथा वृद्धवृद्धामाथि पर्ने असर लगायतका विषयमा गम्भीर छलफल भएको थियो।

सुरक्षा निकायको सक्रिय सहभागिता बैठकमा पर्साका प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी बलका प्रमुख राधेश्याम धिमाल लगायतका सुरक्षा अधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकमा सहभागीहरूले सुरक्षाको दृष्टिकोणले यस्ता गतिविधिहरू नियन्त्रणमा ल्याउनु आवश्यक रहेको धारणा राखेका थिए।

पार्टी प्यालेस संचालकहरूको समेत सहमति उक्त निर्णयमा वीरगञ्जमा सञ्चालित प्रमुख पार्टी प्यालेसका संचालक तथा प्रबन्धकहरूले पूर्ण सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। होटल तथा पर्यटन व्यवसायी संघका महासचिव माधव बस्नेत, आन्तरिक राजस्व कार्यालय पर्साका कर अधिकृत, पर्यटन कार्यालय पर्साका प्रमुख लगायत अन्य सरोकारवाला निकायहरू पनि बैठकमा उपस्थित थिए।

जनहितका लागि निर्णय प्रमुख जिल्ला अधिकारी अर्यालले उक्त निर्णय जनहितमा आधारित रहेको स्पष्ट पार्दै यसको पूर्ण कार्यान्वयनमा प्रशासन कडाइका साथ लाग्ने चेतावनी पनि दिनुभयो।

यस निर्णयपछि वीरगञ्जमा कुनै पनि सार्वजनिक वा निजी समारोहमा पटाका पड्काउने वा आतिशबाजी गर्ने कार्य गैरकानुनी मानिने छ, र उल्लंघन गर्नेहरूमाथि कानुनी कारवाही हुने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM