२०८३ बैशाख ४ गते शुक्रबार

सशस्त्र प्रहरी बल पर्साद्वारा श्रोत नखुलेको रकम सहित तिन भारतीय नागरिक पक्राउ

 

अभिलाष गुप्ता
बैशाख १९ बिरगंज

सशस्त्र प्रहरी बल नेपाल, प्र.सि.सु. गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज–१६ स्थित भन्सार चेकजाँच विन्दु नजिकै स्रोत नखुलेको नगद सहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। उनीहरूले चढेको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी पनि नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार मिति २०८२ साल बैशाख १९ गते साँझ ७ बजे त्रिभुवन राजपथ सडक खण्डमा सवारी चेकजाँचको क्रममा भारतबाट नेपाल प्रवेश गरिरहेको BR 22 P 8300 नम्बरको सेतो स्कार्पियो गाडीमा लुकाइ छिपाइ राखिएको रु. ९,५९,०००।– नेपाली रुपैयाँ फेला परेको हो।

गाडीको पछाडि सिटको पकेटभित्र लुकाइएकाे उक्त नगद रकमको कुनै वैध स्रोत खुलाउन नसकेपछि गाडीसहित तीनै जना यात्रुलाई नियन्त्रणमा लिइएको हो। बरामद गरिएको स्कार्पियो गाडीको भन्सार मूल्यांकन रु. ३० लाख गरिएको छ।

नियन्त्रणमा परेका व्यक्तिहरू
विजय प्रसाद (५९ वर्ष), ग्राम पंचायत वडा नं. ७, बेतिया, पश्चिम चम्पारण, भारत
मनोज कुमार सहनी (४६ वर्ष), ग्राम पंचायत वडा नं. १२, जौकटिया, पश्चिम चम्पारण, भारत
सन्तोष कुमार श्रीवास्तव (४३ वर्ष), ग्राम पंचायत वडा नं. २७, छाउनी चोक, पश्चिम चम्पारण, भारत
सशस्त्र प्रहरीद्वारा उक्त नगद, गाडी र नियन्त्रणमा परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM