२०८२ माघ ११ गते आईतवार

ब्राइट +2 कलेज, वीरगञ्जका कक्षा १२ का विद्यार्थीहरूको बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न

 

अभिलाष गुप्ता
वीरगञ्ज, जेठ १९

ब्राइट +2 कलेज, वीरगञ्जमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूको बिदाइ कार्यक्रम टाउन हलमा एक भव्य समारोहबीच सम्पन्न भएको छ। भावनात्मक एवं सांस्कृतिक वातावरणमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता कलेज प्रमुख मुकेश गुप्ताले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा साहित्यकार तथा व्यवसायी गणेश लाठको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा शिक्षक जय साह, सानो पाइला संस्थाका विवेक कर्ण, सञ्चारकर्मी सूर्य नारायण विक, स्टडी ल्याण्डका अमन पटेल तथा समाजसेवी पवन कुमार गुप्तालगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको विशेष सहभागिता रहेको थियो।

प्रमुख अतिथि गणेश लाठले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै परिश्रम, ईमानदारी र आत्मविश्वासका साथ जीवनमा अगाडि बढ्न प्रेरणा दिनुभयो। अन्य वक्ताहरूले पनि विद्यार्थी जीवनको महत्त्व, जिम्मेवारी र अवसरका विषयमा मार्गदर्शन गर्दै भावी यात्राको लागि शुभेच्छा व्यक्त गरे।

सांस्कृतिक कार्यक्रमअन्तर्गत गीत, कविता, नृत्य लगायतका विविध प्रस्तुतीहरूले समारोहलाई झनै जीवन्त बनाएको थियो। शिक्षक-शिक्षिकाहरूले भावनात्मक शब्दहरूमा विद्यार्थीहरूलाई भविष्यमा सफलताको शुभकामना दिँदै बिदाइ दिएका थिए।

कार्यक्रमको समापनमा कलेज प्रमुख गुप्ताले सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई कार्यक्रम सफल बनाएकोमा आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM