वीरगंज स्कुल अफ लले असार १५ को अवसर पारेर पहिलो सेमेस्टर उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि ओरिएन्टेशन कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम वीरगंज स्कुल अफ लका सञ्चालक एवं अधिवक्ता चन्द्रिका पटेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वीरगंज स्कुल अफ लको सभाहलमा आयोजित उक्त कार्यक्रममा पहिलो सेमेस्टरमा प्रवेश गर्न लागेका विद्यार्थीहरूलाई शैक्षिक दिशा–निर्देश, अनुशासन र संस्थाको कार्यशैलीबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा नयाँ उत्साह थपेको सहभागीहरूको प्रतिक्रिया रहेको छ।



















