नेसनल एकेडेमी क्याम्पसले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वीरगन्ज–१६, नगवामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत ३५ जना छात्रालाई नयाँ कपडा वितरण गरेको छ।

कार्यक्रम कलेज प्रमुख केदार प्रसाद साहको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्यायको विशेष उपस्थिति थियो। अन्य सहभागितामा कलेज निर्देशक राजकुमार सहनी, प्राध्यापक इन्दु शंकर मिश्र, वडा सदस्य लवनी देवी, शिक्षक अजय साह, वीरगन्ज कपडा बैंक अध्यक्ष लालबाबु सिंह, शिक्षक गीता ठाकुर र मनोज चौरसिया लगायत विद्यार्थीहरू सहभागी थिए।
समाजसेवी उपाध्यायले शिक्षा नै समाजको सम्पत्ति भएको भन्दै विद्यालयप्रति सहयोगको प्रतिबद्धता जनाए। कलेज प्रमुख साहले छोरी-बेटीको शिक्षामार्फत समाज परिवर्तन सम्भव भएको बताए। कपडा बैंक अध्यक्ष सिंहले असहाय सेवामा समर्पित रहँदै आएको संस्थाको अनुभव बाँडे।

कार्यक्रममा शिक्षकरूपी प्रेरकहरूद्वारा विद्यार्थीहरूलाई अनुशासन र अध्ययनमा लाग्न प्रेरित गरिएको थियो। विद्यालयका शिक्षक अजय साहले नेसनल कलेज परिवारलाई धन्यवाद दिँदै नयाँ कपडालाई मायाको चिनोको रूपमा स्वीकार गरे।



















