विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब्स इन्टरनेशनलको २१औँ शताब्दीको गौरवशाली नेतृत्वका रूपमा भारतका चार्टर्ड एकाउन्टेन्ट तथा ग्लोबल लिडर लायन ए.पी. सिंह नयाँ अन्तर्राष्ट्रिय अध्यक्ष चयन भएका छन्।

विश्व सम्मेलनमा सहभागी लायन्स सेवकहरूले करतल ध्वनिसहित सिंहको स्वागत गरेका थिए। उक्त समारोहको प्रारम्भमा नेपालबाट भएका प्रथम अन्तर्राष्ट्रिय निर्देशक ई. संजय खेतानले लायन्स विश्व नेतृत्वप्रति सम्मान प्रकट गर्दै नेपालमा १०० नयाँ लायन्स क्लबको स्थापना उपहार स्वरूप प्रदान गरेका थिए।
लायन्स क्लब्स इन्टरनेशनलको सर्वोच्च अवार्ड “एम्बेसडर अफ गुडविल” अन्तर्राष्ट्रिय अध्यक्ष ए.पी. सिंहले नेपालका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीलाई प्रदान गरे।

सत्र २०२५–२६ का लागि प्रस्तावित अन्तर्राष्ट्रिय निर्देशक उम्मेदवार लायन राजन लम्साललाई लायन्स क्षितिजका नयाँ उदीयमान तारा मानिएको छ। उनका श्रीमती, पूर्व डिस्ट्रिक्ट गभर्नर इन्दु लम्साललाई पनि विगतमा “एम्बेसडर अफ गुडविल” अवार्डबाट सम्मानित गरिएको थियो।

नेपालमा पुर्व प्रोभिजनल डिस्ट्रिक्ट मान्यता अन्तर्गत हालमा १५ लायन्स डिस्ट्रिक्ट सञ्चालनमा छन्, जहाँ करिब ५० हजार लायन्स सदस्य सेवा कार्यमा संलग्न छन्। सबै डिस्ट्रिक्ट गभर्नरहरू समर्पित नेतृत्वका साथ विश्वस्तरमा लायन्स वृद्धिको कीर्तिमान राख्न सफल भइरहेका छन्। सोको जानकारी लियो क्लब एक्सीलेंस अवार्ड अंतराष्ट्रीय बाट सम्मानित लायन राधेश्याम खेतानले जानकारी गराएका हुन।

















