२०८२ चैत्र ८ गते आईतवार

जनकपुरधामको मुटुमा नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिलाई चार कट्ठा जग्गा प्राप्त

 

नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले जनकपुरधामको मुटुमा चार कट्ठा जग्गा प्राप्त गरेको छ। गुठी संस्थानसँग विधिवत रूपमा लिज सम्झौता सम्पन्न भएपछि महासंघले यो जग्गा आफ्नो नाममा पाउन सफल भएको हो।

लामो समयदेखि आफ्नै स्थायी भवन निर्माणको सपना देख्दै आएको पत्रकार महासंघको लागि यो दिन ऐतिहासिक मानिएको छ। जग्गा प्राप्तिपछि अब महासंघलाई स्थायी संरचना निर्माण गर्ने बाटो खुलेको महासचिव शैलेन्द्र साहले जानकारी दिएका छन्।

जनकपुरको अत्यन्तै महत्त्वपूर्ण क्षेत्रमा प्राप्त यो जग्गामा छिट्टै भवन निर्माण प्रक्रिया अगाडि बढाइने योजना रहेको महासंघले जनाएको छ। भविष्यमा यहाँ बन्ने भवन प्रदेशभरका पत्रकारहरूको साझा केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

उक्त अवसरमा पत्रकार महासंघका पदाधिकारीहरू,
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य अजय साहलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारिता क्षेत्रको सुदृढीकरण र संस्थागत विकासका लागि यो उपलब्धिलाई ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका थिए।

महासंघले भवन निर्माणका लागि आवश्यक सहयोग र समर्थन सबै पक्षबाट अपेक्षा गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM