२०८३ श्रावण २६ गते मंगलवार

ठोरीको भगवाननगरस्थित आश्रममा उपकार सेवा नेपालको मासिक सहयोग जारी

 

उपकार सेवा नेपालले हरेक महिना झैँ यस महिनामा पनि ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित १७ जना अपाङ्ग, सुस्त मनस्थिति भएका, वृद्धवृद्धा, आमाबुवा तथा बालबालिकाका लागि दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।

संस्थाले चामल ६० किलो (२ बोरा), स्वाबिन ५ किलो, खानेतेल ४ लिटर, मसुर दाल १० किलो, नुन १० किलो, लुगाधुने साबुन तथा बेसार–मसला लगायतका सामग्री उपलब्ध गराएको जनाएको छ।
आश्रमका सदस्य शेरबहादुर थिङलाई बोलाई आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी तथा अभिभावक एवं सामाजिक अभियन्ता प्रकाश थारुले उक्त सामग्री हस्तान्तरण गरेका थिए।

उपकार सेवा नेपालले आश्रमका लागि आवश्यक सामग्री प्रत्येक महिना नियमित रूपमा प्रदान गर्दै आएको जनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM