२०८३ कार्तिक २० गते बिहीबार

अक्षरारम्भ कप २०८३ : पाँचौँ दिनको खेलमा पिस जोन, जीएचपी र ओम नेसनल विजयी, क्वाटरफाइनल समीकरण पूरा

 

अक्षरारम्भ कप २०८३ अन्तर्गत आज सम्पन्न पाँचौँ दिनका तीनवटै खेलमा पिस जोन, जीएचपी सेकेन्डरी स्कुल र ओम नेसनलले जित हासिल गरेका छन्। आजका खेलसँगै समूह ‘ए’ र समूह ‘बी’ बाट क्वाटरफाइनलमा प्रवेश गर्ने चारवटै विद्यालयको टुङ्गो लागेको छ।

आजको पहिलो खेल अर्थात् म्याच नम्बर ११ मा मिनिल्यान्ड र पिस जोनबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा पिस जोनले मिनिल्यान्डलाई ४१ रनले पराजित गर्दै शानदार जित हासिल गर्‍यो। पिस जोनका खेलाडी धवल प्रसादले २३ रन बनाउनुका साथै एक विकेटसमेत लिएबापत खेलको उत्कृष्ट खेलाडी घोषित भए। यस जितसँगै पिस जोन समूह ‘ए’ को उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ।

त्यसैगरी, आजै सम्पन्न दोस्रो खेल अर्थात् म्याच नम्बर १२ मा कादम्बरी र जीएचपी सेकेन्डरी स्कुलबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा जीएचपीले कादम्बरीलाई ३६ रनले पराजित गर्दै जित दर्ता गर्‍यो। जीएचपीका कृष्ण यादवले पाँच विकेट लिन सफल भएबापत खेलको उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे।

आजको तेस्रो खेल अर्थात् म्याच नम्बर १३ मा ज्ञानोदय र ओम नेसनलबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा ओम नेसनलले ज्ञानोदयलाई ६ विकेटले पराजित गर्दै जित हासिल गर्‍यो। ओम नेसनलका वाहिद खानले २७ रन बनाउँदै आफ्नो टोलीको जितमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत खेलको उत्कृष्ट खेलाडी घोषित भए।

आज सम्पन्न खेलहरूको नतिजाअनुसार समूह ‘ए’ बाट विद्या सदन माध्यमिक विद्यालय समूह विजेता तथा पिस जोन उपविजेता बनेका छन्। त्यसैगरी, समूह ‘बी’ बाट जीएचपी सेकेन्डरी स्कुल समूह विजेता र सनलाइट सेकेन्डरी स्कुल उपविजेता बन्न सफल भएका छन्। यससँगै यी चारवटै विद्यालयले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

क्वाटरफाइनल खेल कार्तिक २१ गते हुने

प्रतियोगिताको क्वाटरफाइनल चरणका खेलहरू यही कार्तिक २१ गते सञ्चालन हुनेछन्। खेल तालिकाअनुसार पहिलो क्वाटरफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग बिहान ९ बजे प्रतिस्पर्धा गर्नेछ। त्यसैगरी, दोस्रो क्वाटरफाइनलमा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग दिउँसो १२:३० बजे प्रतिस्पर्धा गर्नेछ।

भोलि अन्तिम लिग चरणका तीन खेल

यसैबीच, प्रतियोगिताअन्तर्गत भोलि कार्तिक २० गते लिग चरणका अन्तिम तीन खेलहरू सञ्चालन हुनेछन्।भोलिको खेल तालिकाअनुसार:पहिलो खेल बिहान ७ बजे जीवनज्योति सेकेन्डरी स्कुल र लिटिल एन्जल्स सेकेन्डरी स्कुलबीच हुनेछ।दोस्रो खेल बिहान १० बजे न्यू वेभ एकेडेमी र माउन्ट मकालु सेकेन्डरी स्कुलबीच हुनेछ।तेस्रो तथा अन्तिम लिग खेल दिउँसो १ बजे सूर्योदय सेकेन्डरी स्कुल र मनकामना सेकेन्डरी स्कुलबीच हुनेछ।

भोलिका खेलसँगै प्रतियोगिताको सम्पूर्ण लिग चरण सम्पन्न हुनेछ र त्यसपछिका खेलहरू नकआउट चरणअन्तर्गत सञ्चालन हुनेछन्।
विद्यालयस्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान विद्यार्थी खेलाडीहरूको पहिचान तथा उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले वीरगञ्जमा विद्यालयस्तरीय क्रिकेटको उत्साहलाई थप उचाइमा पुर्‍याएको छ।सनलाइट माध्यमिक विद्यालय, विद्या सदन माध्यमिक विद्यालय तथा न्यू वेभ एकेडेमी, वीरगञ्ज।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM