२०८२ चैत्र ८ गते आईतवार

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट 322 ई द्वारा प्रथम क्लब गुणस्तर पहल तथा लायन्स पोर्टल तालिम कार्यशाला सम्पन्न

 

रक्सौलस्थित लायन्स क्लब अफ रक्सौलले क्लबकी उपाध्यक्ष लायन प्रियांका सोनीको नेतृत्वमा र जोन चेयरपर्सन लायन शम्भु प्रसाद चौरसियाको समन्वयमा स्थानीय SAV स्कूलमा क्लब गुणस्तर सुधार र लायन्स पोर्टलसम्बन्धी तालिम कार्यशालाको आयोजना गरेको छ।

कार्यक्रममा लायन नूतन चौरसिया, लायन सरिता खत्री, लायन नारायण रुंगटा, लायन संजय गुप्ता, लायन पवन किशोर कुशवाहा, लायन राजु कुमार गुप्ता, लायन गणेश धनोठिया, लायन हरीश खत्री, लायन साइमन रेक्स, लायन हेमन्त अग्रवाल, लायन रञ्जीत कुमार (राजनजी) लगायतको सक्रिय सहभागिता रहेको थियो।

तालिम कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक तथा डिष्ट्रिक्ट 322 ई की ग्लोबल लिडरसिप टिम समन्वयक (GLT Coordinator) ई. नेहा एस. प्रसादले क्लबको गुणस्तरीय सुधार र लायन्स पोर्टलमा गतिविधि अपलोड गर्ने तरिकाबारे सहभागीहरूलाई प्रशिक्षित गरिन्।

डिष्ट्रिक्ट 322 ई अन्तर्गतको यो पहिलो प्रकारको तालिम कार्यक्रम हो, जुन लायन्स क्लब अफ रक्सौललाई प्राप्त भएको छ।

क्लब अध्यक्ष लायन बिमल सर्राफले कार्यक्रमको सफल आयोजनमा योगदान पुर्‍याउने सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई बधाई ज्ञापन गरेका छन्। वृक्षारोपण पखवारा अन्तर्गत लायन ई. नेहा एस. प्रसादले वृक्षारोपण समेत गरेकी थिइन्।

यसबारे जानकारी क्लब अध्यक्ष तथा मिडिया प्रभारी लायन बिमल सर्राफले पत्रकार सम्मेलनमार्फत दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM