२०८२ चैत्र ८ गते आईतवार

बिरगंजमा २० औं अडान दिवस भव्य रूपमा सम्पन्न

 

नेपाल अडिटर्स एशोसिएशन (अडान) पर्साको आयोजनामा आज २० औं अडान दिवस भव्य र सभ्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमका प्रमुख भागहरू मध्ये लेखापरीक्षकहरू घण्टाघरमा भेला भई अडान दिवस लेखिएको ब्यानरसहित आदर्शनगरदेखि घडिअर्वा, माईस्थान हुँदै परिक्रमा गरी पुनः घण्टाघरमा फर्किएर बिसर्जन गरेका थिए।

?

कार्यक्रम अडान पर्साका अध्यक्ष गजेन्द्र मान सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा अडानका केन्द्रीय सदस्य दिनानाथ रौनियार र डा. सन्तोष कुमार गुप्ताले सम्बोधन गरेका थिए।

कार्यक्रममा मधेश प्रदेश अडानका उपाध्यक्ष हृदय मोहनलाल दास, अडान पर्साका पूर्व अध्यक्ष प्रदुम्न प्रसाद सेढाई, पदाधिकारी प्रेमचन्द्र चौरसिया, रामबाबु साह तथा सदस्यहरू श्याम नारायण श्रेष्ठ, रोशन श्रेष्ठ, अरुण कुमार बर्मा, अनिल कुमार कर्ण, जयन्त चौरसिया लगायत लेखापरीक्षक उमेशचन्द्र यादव, श्याम ठाकुर, किशोर गुप्ता, दीपक उपाध्याय, प्रेम उपाध्याय, बैजनाथ साह तथा लेखा सहयोगीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अडान दिवसकै अवसरमा यही साउन ९ गते ५१ जना विद्यार्थीहरूलाई स्टेशनरी सामग्रीहरू वितरण गरिएको जानकारी दिइएको थियो। सम्पूर्ण कार्यक्रम अडान पर्साका सचिव कुलोत्तम पोखरेलले सञ्चालन गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM