मध्य बानेश्वरस्थित जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा आज एक विशेष कार्यक्रममा नेकपा (एमाले) निकट उद्योग तथा व्यवसायी महासंघ पर्साका अध्यक्ष तथा युवा नेता भुपेन्द्र साह, पूर्व राजपा जिल्ला अध्यक्ष तथा मधेस आन्दोलनका अगुवा नेता जगदीश पटेल, र पर्साका युवा व्यवसायी जटा शंकर पटेलले विधिवत रूपमा जनमत पार्टीमा प्रवेश गरेका छन्।
नव प्रवेशी नेताहरूलाई पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले खादा र टीका लगाएर औपचारिक रूपमा पार्टीमा स्वागत गरे।
उक्त अवसरमा पार्टीका राष्ट्रिय प्रवक्ता डा. सरद यादव, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रिय सदस्य बिध्यालाल प्रसाद, तथा पर्साका वरिष्ठ नेता गौरीशंकर पटेललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले नयाँ नेताहरूको आगमनले जनमत पार्टी पर्सा जिल्लामा थप बलियो र सुदृढ हुने विश्वास व्यक्त गरे।









