२०८२ चैत्र ८ गते आईतवार

जीवनमा उतारचढाव, सुख-दुःख हुनु नै जीवनको सुन्दरता हो : विमल सर्राफ

 

न्यायालयमा दुवै पक्षलाई सत्य थाहा हुन्छ, वास्तवमा न्यायाधीश नै कटघरामा हुन्छन्।
उक्त विचार लायन्स क्लब अफ रक्सौलका अध्यक्ष, सञ्चार प्रभारी तथा समाजसेवी लायन विमल सर्राफले सञ्चारकर्मीसँगको कुराकानीमा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “हाम्रो जीवन हाम्रो सोचमा निर्भर गर्दछ। यदि स्वीकार गर्‍यौं भने आनन्द छ, नत्र दुःख नै दुःख छ। यही त जीवन हो, जहाँ सफलता भन्दा बढी चुनौतीहरूको सामना गर्नुपर्छ, तर यदि डटेर अडिएँ भने सबै समस्याहरू हट्न थाल्छन्।”

जीवनका उतारचढावको लागि सधैं तयार रहनुपर्नेमा उहाँले जोड दिनुभयो। कहिलेकाहीं लाग्न सक्छ अब सक्दिनँ, तर त्यही नै त जीवन हो।

उहाँका केही प्रमुख भनाइहरू यस प्रकार छन् चुनौतीमाथि विजय हासिल गर्नु नै सफलताको र साँचो खुसीको परिभाषा हो।मानिसलाई व्यवहारबाट चिन्नु पर्छ, शब्दहरूले मूर्ख बनाउन सक्छन्।

गल्ती महान व्यक्तिबाट पनि हुन सक्छ, तर जो स्वीकार गर्दैनन् उनीहरू उच्च स्थानबाट ओरालो लाग्छन्।जीवनको सबैभन्दा ठूलो गल्ती त्यही हो, जसबाट हामी केही सिक्दैनौं।अनुभव यही भन्छ – आफन्तको नजिक बस्न हो भने मौन रहनुहोस्, आफन्तलाई नजिक राख्न हो भने, कुनै कुरा दिलमा नराख्नुहोस्।अहंकार र घमण्ड त्याग्नुस्, विचार नमिल्ने व्यक्तिहरूसँग दूरी राख्नुस्।कहिलेकाहीं एक्लै बस्नुस्, सबै प्रश्नहरूको उत्तर आफैं पाउनुहुनेछ।

केही पीडाहरू परिक्षा लिन होइन, हामीसँग जोडिएका मानिसहरू को हुन् भनेर चिनाउन आउँछन्।हामी आत्मा हौं, परमात्माका सन्तान हौं। आत्मामा नै परमात्मा हुन्छ।हाम्रो आस्थाको परीक्षा त्यतिबेला हुन्छ, जब हामीले चाहेको कुरा पाउँदैनौं, र तब पनि हृदयबाट “धन्यवाद प्रभु” भन्ने शक्ति आउँछ।जस्तो मसी हुन्छ, त्यस्तै लेखिन्छ। त्यसैगरी जस्तो सोच हुन्छ, त्यस्तै कर्म हुन्छ।

साभार: डा. हरिमंगल प्रसाद

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM