२०८२ चैत्र ८ गते आईतवार

उपकार सेवा नेपालद्वारा माडीका जेष्ठ नागरिक समूहलाई पंखा प्रदान

 

चितवनको माडीनगरपालिका–९ गणेशकुञ्जास्थित राममन्दिर जेष्ठ नागरिक समूहलाई उपकार सेवा नेपाल, वीरगञ्जद्वारा ५ थान पंखा सहयोग गरिएको छ। भजनकीर्तनका क्रममा पंखाको अभाव भएकाले यो सहयोग गरिएको हो।

समाजकी अध्यक्ष विद्यादेवी सरावगीले पंखा श्री गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक तोयनाथ अधिकारी र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका सदस्य विष्णुप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा गोविन्द देवकोटा, प्रकाश थारु, ओमप्रकाश खनाल, ध्रुव अधिकारी र भानुभक्त अधिकारीको उपस्थिति रहेको थियो।

यस सहयोगका लागि वडा नं. ९ का अध्यक्ष धनश्याम दवाडीको अनुरोधमा कदम चालिएको हो। अध्यक्ष सरावगीका अनुसार जेष्ठ नागरिकहरूलाई गर्मीमा राहत पुर्‍याउने उद्देश्यले विभिन्न दाताहरूको सहयोगमा पंखा उपलब्ध गराइएको हो।

यसअघि पनि उपकार सेवाले सोही वडामा गणेश विद्यालयलाई १० पंखा, ७ जना अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर, र ३०० घरधुरीलाई जाडोमा कम्बल वितरण गरेको थियो। विद्यालयले अघिल्लो सहयोगप्रति सरावगीलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM