२०८२ चैत्र ८ गते आईतवार

बालसुधार गृहमा मैनबत्ति तालीम सुरु, आत्मनिर्भर बनाउने उद्देश्य

 

सानोपाइला संस्थाको आयोजनामा तथा क्वेष्ट फर्माको आर्थिक सहयोगमा वीरगंजस्थित बालसुधार गृहमा मैनबत्ति तालीमको दोस्रो दिन बुधबार सम्पन्न भएको छ। उक्त तालीम प्रकाश प्रोजेक्ट द्वारा सञ्चालन गरिएको हो।

सात दिने उक्त तालीमको पहिलो चरणमा बालसुधार गृहमा रहेका १५ जना बालबिजईकर्ता सहभागी भएका छन्। उनीहरूलाई विभिन्न किसिमका आकर्षक डिजाइनका मैनबत्तिहरू बनाउन सिकाइँदैछ। कार्यक्रमको उद्देश्य उनीहरूलाई सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउनु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रकाश प्रोजेक्टकी अध्यक्ष सुशमा गौतम, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, सानोपाइला संस्थाका कार्यक्रम संयोजक राजकुमार तामाङ, प्रशिक्षक (ट्रेनर) बिपिन उपाध्याय लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख तथा प्रकाश प्रोजेक्टकी अध्यक्ष सुशमा गौतमले भनिन बालसुधार गृहमा रहेका बालबालिकाहरूले समाजबाट अलग्गिएका कारण मनोवैज्ञानिक तनाव झेलिरहेका हुन्छन्। उनीहरूलाई पुनः आत्मविश्वास दिलाउने तथा व्यवहारिक सीप सिकाएर जीवनमा अघि बढ्न प्रेरित गर्ने उद्देश्यले मैनबत्ति तालीम सुरु गरिएको हो।

उनका भनाई अनुसार शुरुमा १५ जना सहभागी छन्, तर आगामी दिनमा थप बालबालिकालाई पनि समेटिनेछ। हामी चाहन्छौं कि उनीहरूले यहाँ रहँदाको समय व्यर्थ नहोस्, बरु केही सिकुन् र भविष्य निर्माणतर्फ अघि बढून्।

प्रशिक्षक बिपिन उपाध्यायका अनुसार तालिममा सजावटी मैनबत्ति बनाउने, ढाँचाहरु तयार गर्ने, रंग संयोजन, मोम पगाल्ने प्रविधि जस्ता सीप सिकाइनेछ।

उक्त कार्यक्रम सानोपाइला संस्था तथा प्रकाश प्रोजेक्टको सहकार्यमा सञ्चालन गरिएको हो, जसले बालअधिकार, सुधार र पुनर्स्थापना अभियानलाई सशक्त बनाउन योगदान पुर्‍याउने विश्वास आयोजकहरूले लिएका छन्।

मुख्य उद्देश्यहरू बालसुधार गृहमा रहेका बालबालिकालाई व्यवहारिक सीप प्रदान गर्नु।उनीहरूको आत्मबल तथा आत्मनिर्भरता बढाउनु।पुनर्सामाजिकिकरण (resocialization) प्रक्रिया सशक्त बनाउनु।भविष्यमा रोजगारी वा उद्यमशिलता गर्न सक्ने आधार तयार पार्नु।
मनोवैज्ञानिक रूपमा सशक्तिकरण गर्दै सकारात्मक सोच विकास गर्नु हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM