२०८२ चैत्र ७ गते शनिबार

पर्सामा मानव अधिकार एलायन्सको जिल्ला बैठक सम्पन्न

 

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलायन्स) को पर्सा जिल्ला बैठक आज विशेष उपस्थितिका साथ सम्पन्न भएको छ।

बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा एलायन्सका इञ्चार्ज विष्णु रिजाल र केन्द्रीय अध्यक्ष विदुर सुवेदीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा महेश दास, कृष्णा यादव, अर्जुन गुप्ता, नितेश कर्ण लगायतका प्रमुख व्यक्तिहरूको सहभागिता पनि रह्यो।

बैठकमा जिल्लास्तरीय संगठन सुदृढीकरण, मानव अधिकार संरक्षण, सामाजिक न्याय प्रवर्द्धन तथा आगामी क्रियाकलापहरूको कार्ययोजना विषयमा विस्तृत छलफल गरिएको आयोजक मञ्चले जनाएको छ। सहभागीहरूले मानव अधिकारका सवालमा स्थानीय तहदेखि संघीय तहसम्म सशक्त हस्तक्षेप आवश्यक रहेको निष्कर्ष निकालेका छन्।

बैठकले पर्सा जिल्लामा मानव अधिकारको प्रभावकारी कार्यान्वयन, पीडितको न्याय सुनिश्चित गर्ने अभियानलाई अझ सशक्त बनाउन तथा नागरिक सचेतना अभिवृद्धिमा जोड दिने निर्णय गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM