नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश समितिको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा मंगलबार वीरगन्जमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

वीरगन्जको स्थानीय होटल गेटवमा आयोजित कार्यक्रममा मधेस प्रदेशका महासचिव बृजमान तामाङसहित १२ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा वरिष्ठ प्रहरी नायव निरीक्षक डिकर देव पन्त, सरोज केसी, प्रेम बहादुर श्रेष्ठ, तेजेन्द्र प्रसाद बस्नेत, खुशीनन्दन चौधरी, पुजन चौधरी, राकेश कुमार साह, राजेन्द्र प्रसाद कुमार गुप्ता, संजयदास थारु, अजय महतो र राहुल कुमार लायोमगर रहेका छन्।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश इन्चार्ज शंकर श्रेष्ठले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी गरेका थिए। कार्यक्रममा रेडक्रस पर्सा शाखा सभापति बृजकिशोर पटेल, सामाजिक अभियन्ता प्रकाश थारु, समाजसेवी राजेन्द्र भट्टराई, एनजीओ सिसीका अध्यक्ष इब्राहिम देवान, समाजसेवी वीर शम्शेर प्रसाद कुर्मी, सरोज केसी, रक्त सञ्चार केन्द्रका धिरेन्द्र झा, जितेन्द्र कुशवाहा, नितेश यादव, सन्तोष पटेललगायतको उपस्थिति थियो।

यसैगरी, फोनिजका सप्तरी अध्यक्ष कृष्णा कुमार मण्डल, सर्लाही अध्यक्ष घनश्याम बलाम्पाकी, रौतहट अध्यक्ष युभाष श्रेष्ठ, बारा पूर्व अध्यक्ष अजित भुजेलसहित मधेस प्रदेश समितिका पदाधिकारी तथा विभिन्न जिल्लाका अध्यक्ष र सचिवहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन महासचिव बृजमान तामाङले गरेका थिए भने स्वागत उपाध्यक्ष अनिता चौधरीले गरेकी थिइन्।









