२०८२ फाल्गुन २० गते बुधबार

वीरगञ्जमा क्वाइनोनिया मण्डलीद्वारा ख्रीष्टमस शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

 

वीरगञ्ज क्वाइनोनिया वीरगञ्ज मण्डलीद्वारा ख्रीष्टमस पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम क्वाइनोनिया वीरगञ्ज मण्डलीका अध्यक्ष राज कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो।कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष प्रशुराम चौरसिया रहेका थिए।

विशिष्ट अतिथिहरूमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाबुराम कौशिक, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लाल बाबू सिंह, क्वाइनोनिया वीरगञ्ज मण्डलीका सल्लाहकार मार्तिन मोक्तान, सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, सञ्चारकर्मी युवराज खड्का, तुल्शी भण्डारी, अभिलाष गुप्ता तथा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाइलगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले ख्रीष्टमस पर्वले प्रेम, शान्ति, सहअस्तित्व र आपसी सद्भावको सन्देश प्रवाह गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा धार्मिक सहिष्णुता र सामाजिक एकता मजबुत बनाउने धारणा व्यक्त गरे। उनीहरूले ख्रीष्टमसको अवसरमा सबै समुदायबीच आपसी समझदारी र मेलमिलाप अझ प्रगाढ बनोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा ख्रीष्टियन समाजका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, स-साना भाइबहिनीहरूले प्रस्तुत गरेको मनोरञ्जनात्मक नृत्यले कार्यक्रममा थप रौनक छरेको थियो, जसले उपस्थित अतिथिहरूको मन मोहित बनाएको थियो।कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM