इंटरएक्टिव कोचिङ सेन्टर (ICC) द्वारा आयोजित “आधुनिक शिक्षाको सुरुवात तथा फेयरवेल बिदाई सेरेमनी २०८२” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।कोचिङ सेन्टरले एसईई परीक्षार्थी विद्यार्थीहरूको लक्ष्य निर्धारण तथा उज्ज्वल भविष्यको कामनासहित स्वागत कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रम प्रमुख अतिथि डा. उमेश चौरसियाको आतिथ्य तथा इंटरएक्टिव कोचिङ सेन्टरका डाइरेक्टर पवन पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। विशिष्ट अतिथिहरूमा राजेन्द्र कोइराला, डा. मिर्गेन्द्र सिंह यादव, श्याम बाबु यादव, नागनारायण सिंह, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक सदस्य देवेश गुप्ता, बिनोद पटेल, बीपीएस कलेजका डाइरेक्टर दीपक पटेल लगायतको उपस्थिति रहेको थियो। साथै सञ्चारकर्मी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू तथा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। साथै नियमित रूपमा कोचिङमा सहभागी विद्यार्थीहरूलाई पनि प्रोत्साहनस्वरूप सम्मान गरिएको थियो।
उक्त अवसरमा विद्यार्थीहरूले नृत्य तथा नाटक प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए। कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै आधुनिक शिक्षाप्रति आकर्षण बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।








