२०८२ चैत्र ९ गते सोमबार

रास्वपा पर्सा–३ का नव निर्वाचित सांसद रमाकान्त चौरसियालाई बधाई तथा शुभकामना

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ३ का नव निर्वाचित सांसद माननीय रमाकान्त चौरसियालाई युवा नेता बरुण चौरसियाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

युवा नेता बरुण चौरसियाले नेपाल चौरसिया सेवा समितिका अध्यक्ष तथा समाजसेवी समेत रहेका माननीय रमाकान्त चौरसियाको कार्यकाल सफल, प्रभावकारी र जनमुखी हुने विश्वास व्यक्त गरे। उनले सांसद चौरसियाले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै जनहितका कार्य, दिगो विकास तथा समाज कल्याणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा समेत व्यक्त गरे।

उनले नव निर्वाचित सांसदलाई बिना कुनै दबाब वा प्रभावमा परी निष्पक्ष रूपमा काम गर्दै आम नागरिकको अपेक्षा पूरा गर्न दृढताका साथ अघि बढ्न आग्रह गरे। साथै, पर्सा क्षेत्र नं. ३ को समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

स्थानीय युवाहरूको तर्फबाट पनि सांसद चौरसियालाई बधाई दिँदै सफल कार्यकालको कामना गरिएको छ। कार्यक्रममा सहभागीहरूले नयाँ नेतृत्वले क्षेत्रको समृद्धि र जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM