२०८३ बैशाख २६ गते शनिबार

विश्व रेडक्रस दिवसमा वीरगञ्जमा विविध कार्यक्रम, विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण

अभिलाष गुप्ता
वीरगञ्ज, २५ वैशाख

विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले बिहीबार वीरगञ्जस्थित शाखा भवनमा विविध कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। मानवता, सेवा र परोपकारका प्रतीक रेडक्रसका संस्थापक जाँ हेनरी डयुनाँको योगदानको स्मरण गर्दै झण्डोत्तोलन, दीप प्रज्वलन तथा तस्बिरमा माल्यार्पण गरी कार्यक्रम सम्पन्न गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बृज किशोर पटेलको
अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्रीमती मधु राणा, कार्यकारिणी सदस्य दिनानाथ रौनियार, मुना खनाल, रेसमकोठी उपशाखाका अभिलाष गुप्ता, राजन श्रीवास्तव, लक्ष्मीनारायण राउत, बाबुनन्द चौरसिया, मिना क्षेत्री तथा कार्यालय प्रमुख बिरसमसेर कुर्मी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले जाँ हेनरी डयुनाँको तस्बिरमा फूलमाला तथा अबिर अर्पण गर्दै मानव सेवामा रेडक्रसले पुर्‍याउँदै आएको योगदानको चर्चा गरेका थिए। साथै रेडक्रसको सिद्धान्तअनुसार मानवताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरिएको थियो।

यसै अवसरमा पर्सा जिल्लास्थित रेडक्रस प्रावि विद्यालय लक्ष्मीपुरमा अध्ययनरत विद्यार्थीहरूलाई आजै शैक्षिक सामग्री वितरण गरिने छ। विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, लेजर, कटर लगायतका स्टेशनरी सामग्रीसँगै पाइन्ट र सर्ट समेत वितरण गरिने नेपाल रेडक्रस पर्सा शाखाले जनाएको छ।

रेडक्रसले आयोजना गरेको उक्त कार्यक्रमले सामाजिक सेवा, शिक्षा तथा मानवताको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM