अभिलाष गुप्ता
बिरगंज २६ बैशाख

पर्सा र बाराका दुई स्थानबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा कपडा र किराना सामान बरामद गरेको छ । भारतबाट राजस्व छलेर भित्रयाइएको कपडा र किराना सामान गरी १४ लाख बढी मूल्यको सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ५ कटुवा वीर्ताटोलास्थित एक गोठमा लुकाएर भण्डारण गरि राखिएको १७ पोका कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौंलाले जानकारी दिदए । वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको भन्सार कर्मचारीसहितको टोलीले बरामद गरेको उक्त कपडाको बजार मूल्य ११ लाख ७५ हजार रुपैयाँ रहेको निरौलाले बताए ।
यसैगरि शनिबार नै पर्साको जिराभवानी गााएपालिका वडा नम्बर १ बलुवास्थित नेपाल–भारत सीमा नजिजक रहेका घरहरुमा भण्डारण गरि राखिएको २ लाख ३५ हजार ५०० रुपैयाँको किराना सामानपनि बरामद गरिएको निरौलाले जानकारी दिए ।
बरामद कपडा र किराना सामान आवश्यक कारबाहीका लागि शनिबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बतााए ।







