अभिलाष गुप्ता
वीरगञ्ज, २९ वैशाख

वीरगञ्जस्थित मितेरी पुल क्षेत्रमा सोमबार साँझ भएको तनावपूर्ण घटनाबारे सशस्त्र प्रहरी बलले आफ्नो धारणा सार्वजनिक गर्दै पत्रकारमाथि अभद्र व्यवहार, हातपात तथा गालीगलौज नभएको दाबी गरेको छ। साथै पत्रकारको मोबाइल समेत तत्काल फिर्ता गरिएको जनाएको छ।
सशस्त्र प्रहरी बल भन्सार गुल्म वीरगञ्जका डिएसपी बिकाश अधिकारी का अनुसार सोमबार साँझ करिब पाँच बजेको समयमा भारतीय अटोरिक्सा चालकहरूले सशस्त्र प्रहरीमाथि हातपात तथा दुर्व्यवहार गरेपछि मितेरी पुल क्षेत्रमा विवाद उत्पन्न भएको थियो।
उनका अनुसार विवाद बढेपछि भन्सार गुल्मबाट थप प्रहरी परिचालन गरिएको थियो। त्यस क्रममा चार जना भारतीय अटोरिक्सा चालकलाई नियन्त्रणमा लिइएको तथा चार वटा अटोरिक्सा समेत पक्राउ गरिएको उनले बताए।
डिएसपी अधिकारीले भीड अत्यधिक जम्मा भएपछि स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरिएको र भीडलाई भारततर्फ धपाउने कार्य गरिएको जानकारी दिए। घटनाका क्रममा केही चालक भने भाग्न सफल भएको उनले बताए।
पत्रकार सञ्जय कुशवाहा को मोबाइल खोसिएको विषयमा बोल्दै डिएसपी अधिकारीले बिना प्रेस कार्ड र प्रेस ज्याकेट लगाएर लुकीछिपी मोबाइलबाट फोटो तथा भिडियो खिचिरहेका बेला प्रहरी स्टाफले मोबाइल नियन्त्रणमा लिएको बताए।
“पछि उहाँले आफ्नो परिचय दिनुभयो।
त्यसपछि त्यहीँ उपस्थित प्रहरी कर्मचारी एन ठाकुरले मोबाइल फिर्ता दिन खोज्नुभएको थियो। तर उहाँले ‘अब इन्चार्जसँगै मोबाइल लिन्छु’ भन्नुभएको थियो,” डिएसपी अधिकारीले भने।
उनले आफूलाई भेट्न आएपछि सम्पूर्ण विषय बुझेर पत्रकार कुशवाहालाई तत्काल मोबाइल फिर्ता गरिएको स्पष्ट पारे।
यस घटनापछि सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थापन, पत्रकारको कार्यक्षेत्र तथा सुरक्षाकर्मीको व्यवहारबारे पुनः बहस सुरु भएको









