अभिलाष गुप्ता
वीरगंज २९ बैशाख

२०६औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेशनल मेडिकल कलेज द्वारा आयोजित विशेष कार्यक्रम आज वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको लेक्चर थिएटर-१ मा दिउँसो २:०० बजेदेखि भव्य रूपमा सम्पन्न भएको छ।
“हाम्रा नर्स, हाम्रो भविष्य सशक्त नर्सहरूले जीवनको सेवा गर्छन्” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रमको अध्यक्षता नर्सिङ निर्देशक प्रा. गंगा गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कलेजका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारीको उपस्थिति रहेको थियो। साथै अतिथिका रूपमा प्रवन्ध निर्देशक श्री शहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रुवी श्रेष्ठ, एडमिसन तथा मार्केटिंग निर्देशक आबिद हुसेन अन्सारी तथा अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी
लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात राष्ट्रिय गान तथा पानस प्रज्वलनवाट गरिएको थियो। त्यसपछि नर्सिङ विद्यार्थीहरूद्वारा दीप प्रज्वलन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको थियो। स्वागत नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रममा प्राचार्य प्रा.डा. के.एन. सिंह, उप-प्राचार्य प्रा.डा.रविशंकर गुप्ता, नर्सिङ क्याम्पसकी उप-प्राचार्य प्रा.डा. बविता सिंहले नर्सिङ पेशाको गरिमा, समर्पण तथा स्वास्थ्य सेवामा नर्सहरूको अतुलनीय योगदानबारे आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।
त्यसैगरी प्रवन्ध निर्देशक श्री शहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रुवी श्रेष्ठ, एडमिसन तथा मार्केटिंग निर्देशक आबिद हुसेन अन्सारी तथा अस्पताल निर्देशक डा.
इशरत जहाँ अन्सारीले नर्सहरूको भूमिका स्वास्थ्य प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको सेवाभावको उच्च प्रशंसा गर्नुभएको थियो।
कार्यक्रममा पाँच वर्षभन्दा बढी समयदेखि सेवा गर्दै आएका नर्सहरूलाई विशेष सम्मान समेत गरिएको थियो। साथै अस्पतालका कर्मचारीहरूद्वारा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रमको धन्यवाद ज्ञापन प्राध्यापक तथा कार्यक्रम संयोजक श्री जाफ्रे आलम अन्सारीले गर्नुभएको थियो। अन्त्यमा केक काट्ने तथा जलपान गरि कार्यक्रम सम्पन्न गरिएको थियो।
उक्त कार्यक्रममा विभिन्न विभागका प्राध्यापकवृन्द, चिकित्सक, नर्सिङ विद्यार्थीहरू, अस्पतालका कर्मचारीहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।









