रक्सौल । रक्सौलको बैंक रोडस्थित आकर्षण गलीमा नयाँ “आइसक्रिम हाउस” को भव्य उद्घाटन बुधबार सम्पन्न भएको छ। वैदिक मन्त्र उच्चारण तथा परम्परागत पूजा–अनुष्ठानका बीच बबली सिकारियाले रिबन काटेर प्रतिष्ठानको उद्घाटन गरे भने सञ्चालक उमेश कुमार सिकारियाले नरिवल फुटाएर शुभारम्भ गरेका थिए।

उद्घाटन अवसरमा सञ्चालक उमेश कुमार सिकारिया तथा तन्मय सिकारियाले ग्राहकलाई उत्कृष्ट स्वाद, सरसफाइ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले प्रतिष्ठान सञ्चालनमा ल्याइएको बताए। उनीहरूले अब रक्सौलका मानिसहरूले पनि प्रमुख शहरहरूमा पाइने जस्तै विविधता र उत्कृष्ट गुणस्तरको आइसक्रिमको स्वाद लिन सक्ने उल्लेख गरे।
प्रतिष्ठानमा विभिन्न फ्लेभरका आइसक्रिम, लस्सी, छाछ, ब्रान्डेड चिसो पेय पदार्थ, जुस तथा बोतलबन्द पानीको व्यवस्था गरिएको जानकारी दिइयो। साथै जिल्लामै पहिलो पटक केही मिनेटमै विभिन्न स्वादका आइसक्रिम तयार गर्न सक्ने अत्याधुनिक आइसक्रिम मेसिन जडान गरिएको सञ्चालक सिकारियाले बताए।
कार्यक्रममा भारत विकास परिषद शाखा रक्सौलका अध्यक्ष रजनीश प्रियदर्शी, सचिव नरेश कुमार, वित्त सचिव सुनिल कुमार, अजय कुमार, विजय कुमार साह, दिनेश प्रसाद, अवधेश सिंह, विनोद कुमार, नितेश कुमार सिंह, द्वारिका सर्राफ, मनोज कुमार लगायत शहरका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया इन्चार्ज विमल सर्राफले दिल्लीबाट शुभकामना व्यक्त गरेका थिए।








