२०८३ जेष्ठ १ गते शुक्रबार

हाम्रो घरलाई नगद तथा मासिक खाद्य सामग्री सहयोग हस्तान्तरण

अभिलाष गुप्ता
चितवन

नेपालको चितवनस्थित सामाजिक संस्था हाम्रो घर लाई नगद तथा मासिक खाद्य सामग्री सहयोग हस्तान्तरण गरिएको छ। भरतपुरको दियालो रोड निवासी धर्मपुत्र तथा समाजसेवी शंकर अग्रवालले आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष शंकर सापकोटालाई तीन बोरा चामल, एक बोरा दाल, एक बोरा चना तथा एक लाख एक महिनाको खाद्यान्न सहयोग बराबरको चेक हस्तान्तरण गरेका हुन्।

करीब दुई दशकअघि स्थापना भएको हाम्रो घर का संस्थापकसमेत रहेका अग्रवालले संस्थालाई मासिक रूपमा सहयोग गर्ने घोषणा गरेका छन्। उनले भवन निर्माण, कोठा निर्माण तथा विभिन्न सामाजिक तथा मानवीय कार्यमा पुर्‍याएको योगदानको कार्यक्रममा उच्च प्रशंसा गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै सक्षम व्यक्तिहरूले समाज र मानवताको सेवामा अग्रसर हुनुपर्ने धारणा राखेका थिए। “समाज र मानवताको साँचो सेवाले मात्र मानव जीवनलाई उज्यालो बनाउँछ,” भन्ने सन्देशसमेत कार्यक्रममा दिइएको थियो।

यस अवसरमा लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया प्रभारी, भारत विकास परिषद् रक्सौलका सेवा संयोजक एवं मिडिया प्रभारी तथा सामाजिक अभियन्ता विमल सर्राफले दिल्लीबाट शुभकामना सन्देश पठाउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

त्यसैगरी, लायन्स इन्टरनेशनलका आजीवन सदस्य लायन राधेश्याम खेतानले पनि आगामी दिनमा संस्थासँग सहकार्य र सहभागिता रहने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM