२०८३ जेष्ठ २ गते शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीको परवानीपुरमा संगठन विस्तार : वडा नं. १ देखि ४ सम्म प्रथम वडा भेला सम्पन्न

अभिलाष गुप्ता
बिरगंज ०२ जेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परवानीपुर गाउँपालिका वडा नं. १, २, ३ र ४ को प्रथम वडा भेला भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
भेलाबाट सर्वसम्मत रूपमा चारवटै वडाका सभापतिहरू चयन गरिएको छ।

जसअनुसार वडा नं. १ मा सुशील मण्डल, वडा नं. २ मा कृष्ण यादव, वडा नं. ३ मा राजेश यादव तथा वडा नं. ४ मा विजय पटेल वडा सभापतिमा चयन हुनुभएको हो।
कार्यक्रममा परवानीपुर गाउँपालिकाका समाजसेवी तथा सल्लाहकार राज कुमार यादवको विशेष उपस्थिति रहेको थियो। कार्यक्रम गाउँपालिका सभापति सन्तोष कुमार यादवको नेतृत्वमा सम्पन्न भएको आयोजकले जनाएको छ।

भेलालाई सम्बोधन गर्दै युवा नेता अखिल कुमार पटेलले संगठन विस्तारमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउँदै पार्टीलाई गाउँ–गाउँसम्म सशक्त रूपमा पुर्‍याउने अभियानलाई तीव्रता दिइने जानकारी दिनुभयो। उहाँले आगामी दिनमा युवाहरूलाई सक्रिय रूपमा संगठनमा जोड्ने तथा जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने योजना रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय तहमा पार्टीको संगठन मजबुत बनाउँदै जनताको आवाजलाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
भेलाको अन्त्यमा नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM