२०८३ जेष्ठ ११ गते सोमबार

पर्सामा १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ८ गतेदेखि हुने

अभिलाष गुप्ता
वीरगञ्ज ०५ जेष्ठ

पर्सा जिल्ला स्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी जेठ ८ गतेदेखि आयोजना हुने भएको छ । प्रतियोगिता वीरगञ्जस्थित नारायणी रंगशाला मा जेठ ८ देखि १० गतेसम्म सञ्चालन हुने पर्सा जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

सोमबार बसेको पर्सा जिल्ला खेलकुद विकास समितिको बैठकले गरेको निर्णयअनुसार तीनदिने प्रतियोगितामा जिल्लाका १४ वटै पालिकाका विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो लगायतका खेल समावेश गरिएका छन् ।

पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक साह कानुको अध्यक्षतामा बसेको बैठकमा कार्यालय प्रमुख महमद नाजिर हुसेन, प्रहरी नायब उपरीक्षक राजु कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला, नेपाली सेनाको श्री जंग गण वीरगञ्जका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्की, नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, एथलेटिक्स प्रशिक्षक विश्वेश्वर पटेल लगायतको सहभागिता रहेको थियो

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM