वीरगञ्ज, ६ जेठ

मानव संसाधन समाज नेपाल मधेश च्यापटरले आज वीरगञ्जमा ‘अन्तर्राष्ट्रिय मानव संसाधन दिवस २०२६’ भव्य रूपमा मनाएको छ।
यस अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघ (BiCCI) सँगको सहकार्यमा Knowledge Sharing Session आयोजना गरिएको थियो। यस वर्षको अन्तर्राष्ट्रिय नारा “Empower People to Lead Change” शिर्षकमा आयोजित नव्लेज शेयरिङ सेसन कार्यक्रममा नेतृत्व विकास, कर्मचारी सशक्तीकरण तथा मानव संसाधनको रणनीतिक भूमिकासम्बन्धी प्रस्तुति तथा अन्तरक्रिया गरिएको थियो।
नव्लेज शेयरिङ सेसन कार्यक्रमको उद्घाटन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले गर्नुभएको थियो। साथै, डाबर नेपालका फ्याक्ट्री हेड (HR) Ashutosh Yadav ले प्रमुख वक्ता (Keynote Speaker) का रूपमा विशेष प्रस्तुति दिनुभएको थियो ।
मानव संसाधन समाज नेपालका बोर्ड सदस्य एवं मधेश प्रदेश अध्यक्ष अनिल जयसवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न कम्पनीका मानव संसाधन (HR) क्षेत्रमा कार्यरत ३५ जना सहभागिता रहेको थियो ।









