वीरगञ्ज महानगरपालिका–महावीर मन्दिरस्थित चर्चित मिठाई तथा खाजा पसल “अनमोल स्विट” बाट मगाइएको भेज म:ममा कपालको रौँ भेटिएको घटनाले फेरि एकपटक वीरगञ्जका होटल तथा खाद्य व्यवसायमा खाद्य स्वच्छताको अवस्था माथि गम्भीर प्रश्न उठाएको छ।

सरकारी कार्यालयमा मंगलबार दिउँसोको खाजाका लागि अनमोल स्विटबाट मगाइएको भेज म:म खाने क्रममा म:म भित्र कपालको रौँ भेटिएको भन्दै उपभोक्ताले फोटो, भिडियो र बिलसहितको प्रमाण उपभोक्ता हित संरक्षण मञ्च नेपालमा सुरक्षित रहेको जनाएको छ। उक्त घटनापछि उपभोक्ताबीच खाद्य सुरक्षालाई लिएर चिन्ता थप बढेको छ।
पर्सा पोस्ट, जेष्ठ १३ गते, वीरगञ्ज ।

उपभोक्ता अधिकारकर्मीहरूका अनुसार पछिल्लो समय वीरगञ्जका ठूला होटल, रेष्टुरेन्ट तथा मिठाई पसलहरूमा खाद्य स्वच्छता मापदण्ड पालना नभएको घटना लगातार सार्वजनिक भइरहेका छन्। केही दिनअघि मात्रै वीरगञ्जका ४ तारे र ३ तारे होटलहरूको भान्सामा समेत आधारभूत सरसफाइ र खाद्य स्वच्छता मापदण्ड पालना नभएको समाचार सार्वजनिक भएको थियो। त्यसको भोलिपल्ट नै फेरि अर्को खाद्य लापरबाही बाहिरिनुले नियमन संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठेको स्थानीय उपभोक्ताहरू बताउँछन्।
“दैनिकजसो उपभोक्ताको स्वास्थ्यसँग खेलवाड भइरहेको छ, तर सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुको सट्टा झारा टार्ने काम मात्र गरिरहेको देखिन्छ,” एक उपभोक्ताले आक्रोश व्यक्त गरे।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका अभियन्ताहरूले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, स्थानीय प्रशासन र महानगरपालिकाले नियमित तथा पारदर्शी अनुगमन गर्नुपर्ने माग गर्दै आएका छन्। उनीहरूका अनुसार अनुगमनको नाममा सीमित कारबाही गर्ने, केही समयपछि फेरि उही कमजोरी दोहोरिने प्रवृत्तिले व्यवसायी र नियमन निकायबीच मिलेमतो रहेको आशंका आम उपभोक्तामा बढ्दै गएको छ।
स्थानीयवासीले खाद्य व्यवसाय सञ्चालन गर्ने होटल, रेष्टुरेन्ट र मिठाई पसलहरूको भान्सा, खाद्य सामग्रीको भण्डारण, सरसफाइ अवस्था तथा कर्मचारीहरूको स्वास्थ्य परीक्षण नियमित रूपमा सार्वजनिक गर्न माग गरेका छन्।
उपभोक्ताहरूले “स्वच्छ खाना उपभोक्ताको अधिकार” भएको उल्लेख गर्दै दोषी व्यवसायमाथि कडा कारबाही तथा नियमन निकायको जिम्मेवारीबोध आवश्यक रहेको बताएका छन्। वीरगञ्जमा बढ्दो खाद्य लापरबाहीका घटनाले अहिले उपभोक्ताहरूबीच “के हामीले सुरक्षित खाना खान पाएका छौं ?” भन्ने गम्भीर प्रश्न खडा गरेको छ।