काठमाडौं, १५ जेठ २०८३ — बौद्ध धर्मको शुद्धता, संरक्षण तथा विश्वव्यापी प्रचार–प्रसारमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै म्यानमार सरकारले (डा. ल्हार्क्याल लामा) लाई प्रतिष्ठित “महासद्धम्म ज्योतिकधज” उपाधिबाट सम्मानित गरेको छ।

म्यानमार सरकारले प्रत्येक वर्ष बौद्ध धर्मको शास्त्रीय अध्ययन, आध्यात्मिक साधना तथा बुद्ध शासनको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने भिक्षु, भिक्षुणी तथा धर्मावलम्बीहरूलाई विभिन्न धार्मिक सम्मान प्रदान गर्दै आएको छ।
यसैक्रममा सन् २०२६ का लागि खेनपो छिमेद छिरिङलाई बुद्ध धर्मको सच्चा मार्गलाई उज्यालो बनाउने महान ध्वजावाहकका रूपमा “महासद्धम्म ज्योतिकधज” उपाधि प्रदान गरिएको हो।
शुक्रबार काठमाडौंको मा आयोजित विशेष समारोहमा नेपालका लागि ले उक्त सम्मान प्रदान गरेका थिए।
यो सम्मान महायान परम्पराका विद्वानलाई म्यानमार सरकारले पहिलो पटक प्रदान गरेको इतिहास रचेको छ। गत वर्ष यो उपाधि कम्बोडियाका सर्वोच्च धर्मगुरु लाई प्रदान गरिएको थियो।
सम्मान समारोहमा विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख, धार्मिक व्यक्तित्व, श्रद्धालु तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा म्यानमारका राजदूत तथा दूतावासका अधिकारीहरू, श्रीलंकाका राजदूत, भारतीय दूतावासका उपप्रमुख, अमेरिकी दूतावासका प्रथम सचिव, का अध्यक्ष तथा महासचिव, अखिल भिक्षु महासंघका प्रतिनिधि, योल्मो समुदायका सदस्य तथा भुटानका डा. करम फुन्सोकलगायतको सहभागिता रहेको थियो।
यस अवसरमा अभिषेक जोशी वास्तु, डा. वासुदेव शास्त्री, डा. चिन्तामणि योगी तथा पुष्पराज पुरुष लगायतका विशिष्ट व्यक्तिहरू पनि उपस्थित थिए।








