२०८३ जेष्ठ २७ गते बुधबार

हरि खेतान बहुमुखी क्याम्पसको सञ्चालक समिति पुनर्गठन, डा. रामअवतार खेतान अध्यक्ष चयन

अभिलाष गुप्ता
वीरगञ्ज, १९ जेठ

हरि खेतान बहुमुखी क्याम्पस, वीरगञ्जको सञ्चालक समिति पुनर्गठन गरिएको छ। क्याम्पस प्रशासनद्वारा जारी सूचनाअनुसार २०८३ असार १६ गते सम्पन्न पुनर्गठन प्रक्रियामार्फत नयाँ पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन भएका छन्।

क्याम्पस प्रशासनले नवगठित समितिले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा समग्र प्रगतिका लागि सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेको जनाएको छ।

पुनर्गठित सञ्चालक समितिमा डा. रामअवतार खेतान अध्यक्ष, हरि प्रसाद गौतम उपाध्यक्ष तथा सुरेश कुमार रँगटा कोषाध्यक्ष चयन भएका छन्। त्यसैगरी वेदबहादुर कार्की र बर्जित कौर सदस्य, किशोरी राय सदस्य सचिव तथा जयप्रकाश खेतान सल्लाहकारको जिम्मेवारीमा रहेका छन्।

क्याम्पस प्रशासनले सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई नयाँ समितिबारे जानकारी गराउँदै नवनियुक्त पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM