२०८३ असार ८ गते सोमबार

पत्रकारलाई अमर्यादित शब्द प्रयोग गर्ने डा. चन्द्रभूषण यादव बारा प्रहरीको नियन्त्रणमा

नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवलाई टेलिफोन संवादका क्रममा अमर्यादित तथा अपशब्द प्रयोग गरेको आरोपमा डा. चन्द्रभूषण यादवलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार प्रसौनीस्थित एल.एस. न्युरो हस्पिटलबाट डा. यादवलाई इलाका प्रहरी कार्यालय प्रसौनीको टोलीले नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएर उनलाई आवश्यक अनुसन्धानका लागि करिब ५ बजे जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको छ ।

हात भाँचिएको बिरामीको प्लास्टरसम्बन्धी विषयमा जानकारी लिन पत्रकार यादवले फोन सम्पर्क गर्दा डा. यादवले अमर्यादित तथा अपशब्द प्रयोग गरेपछि डाक्टर यादवको अडियो सार्वजनिक भएको थियो । उक्त घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।साभार: साझेदारी डेली

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM