अभिलाष गुप्ता
बिरगंज ०९ असार
बिपिएस कलेजले बिरगंज कपडा बैंकलाई माइक र कपडा सहयोग गरेको छ । बिरगंज ९ गोश्वारारोड रानिघाट स्थित BPS + College मा एक कार्यक्रम गरि ” तपाईं संग बढी छ भने हामिलाइ दिनुस र तपाईलाई आवश्यकता र कमि छ भने हामी संग निशुल्क लिएर जानुस ” भनी सेवारत बिरगंज कपडा बैंकलाई एक झोला कपडाको साथै माइक एक थान सहयोग हस्तान्तरण गरेको हो ।
BPS +2 College का निर्देशकद्वय मानवताप्रेमी दिपक पटेल र सन्दिप कुश्वाहाले बिरगंज कपडा बैंक लाई माइक र कपडा सहयोग हस्तान्तरण गरेका थिए ।
सो अवसरमा BPS college का HR Director कुश्वाहाले दिनदुखी असहायको साथै आवश्यकतामा रहेका एवं पिडितहरुको सेवा सहयोग गर्दै आएको बैंकको सुकार्य निकै सराहनिय रहेको छ ।
कलेजले आवश्यकता परेको समयमा शैक्षिक तथा व्यक्तिगत विकासको कार्यको साथ साथै समाजिकसेवाको क्षेत्रमा सक्दो सहयोग गरिरहेको र विद्यालयले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्दै कपडा बैंकको सुअभियानमा सहयोग गर्न पाउँदा निकै हर्षित भएको र बैंकको अभियानको सफलताको कामना गरे।
सो अवसरमा College का निर्देशक पटेलले बिरगंज कपडा बैंकको महान अभियानमा आफू निकै पहिले देखि नै जुडेको र प्रत्यक्ष सेवा गर्दा हुने खुशी शब्दमा वर्णन गर्न नसकिने भन्दै बैंकको सुकार्यको मुक्त कण्ठले प्रसंशा गर्दै गएको महिना घण्टाघरको कोलाहलमा पनि बैंकका अध्यक्ष सिंह र अन्य सेवकहरुले मानिसहरुलाइ चिच्याएर बोलाई बोलाई सेवा निशुल्क कपडा वितरण गरेको देख्दा आफुलाइ माइकको कमि महसुस भएको र त्यही समयमै माईक सहयोग गर्ने प्रतिबद्धता गरेको थियौ र आज यो सानो सहयोग हस्तान्तरण गर्दा आफुहरु निकै हर्षित एवं गर्विलो महसुस गरिरहेको बताउदै आगामी दिनमा पनि बैंकको सुकार्य अभियानमा कलेज परिवार साथ रहि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा बैंकका अध्यक्ष सिंहले कोहि नाङ्गो नरहोस भनी बिगत ७ वर्ष देखि विभिन्न समय विभिन्न स्थाहरुमा सेवा प्रवाह गर्दै आएको बताउदै हाम्रो अभियानमा प्रत्यक्ष साथ सेवा को साथै माईक र कपडा सहयोगले थप हौसला थपिएको बताए । यो साथ सहयोगले कलेज परिवार एवं हाम्रो सम्बन्ध अझ बलियो हुन पुगेको र यो साथ सहयोगको लागि हार्दिक आभार प्रकट गर्दै कलेजको उत्तरोत्तर प्रगतिको कामना गर्दै सम्पुर्णलाई दिनदुखी असहायको सक्दो सेवा सहयोग गरि मानवता बलियो बनाउन हार्दिक आग्रह गरेका थिए ।









