२०८३ असार १८ गते बिहीबार

शीर्षक:राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्राइट कलेजमा बीबीए प्रवेश परीक्षा साउन १६ गते हुने

अभिलाष गुप्ता
वीरगञ्ज

राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरगञ्ज–९, घण्टाघर (सीडीओ कार्यालय नजिक) स्थित ब्राइट कलेज अफ म्यानेजमेन्ट एन्ड साइन्सले स्नातक तहको ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (BBA) कार्यक्रमका लागि प्रवेश परीक्षा साउन १६ गते आयोजना गर्ने भएको छ।

कलेजका अनुसार प्रवेश परीक्षा दिउँसो १:०० बजेदेखि ३:०० बजेसम्म सञ्चालन हुनेछ। व्यवस्थापन क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले प्रवेश परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ।

बीबीए कार्यक्रमले व्यवसाय व्यवस्थापनका सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे व्यापक ज्ञान प्रदान गर्ने कलेजको भनाइ छ। यस कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीहरूले व्यवस्थापन, बजार व्यवस्थापन (मार्केटिङ), वित्त (फाइनान्स), मानव स्रोत व्यवस्थापन (एचआर), उद्यमशीलता लगायतका विषयमा दक्षता हासिल गर्नेछन्। यसले विद्यार्थीलाई निजी तथा सार्वजनिक क्षेत्रका विभिन्न संस्थामा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्न तथा आफ्नै व्यवसाय सञ्चालन गर्न आवश्यक ज्ञान, सीप र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास कलेजले व्यक्त गरेको छ।

कलेजले गुणस्तरीय शिक्षा, अनुभवी प्राध्यापक, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थीमैत्री वातावरणमार्फत दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आएको जनाएको छ। साथै व्यवस्थापन क्षेत्रमा भविष्य निर्माण गर्न इच्छुक विद्यार्थीहरूलाई समयमै आवेदन दिई प्रवेश परीक्षामा सहभागी हुन आग्रह गरिएको छ।

ब्राइट कलेजका सञ्चालक ले बीबीए अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई समयमै सम्पर्क गरी प्रवेश प्रक्रियामा सहभागी हुन अनुरोध गर्दै कलेजले गुणस्तरीय र व्यवहारिक शिक्षामार्फत सक्षम व्यवस्थापन जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको जानकारी गराए।

थप जानकारीका लागि इच्छुक विद्यार्थी तथा अभिभावकले ९८५५०२६२५२ वा ९८०२५९३४०१ मा सम्पर्क गर्न सक्नेछन्।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM