२०८३ असार २५ गते बिहीबार

बिरामीसँग जुधिरहेका पीडित परिवारलाई समाजसेवी बृजेश्वर प्रसाद चौधरीद्वारा आर्थिक सहयोग

अभिलाष गुप्ता
वीरगञ्ज, असार २५

पर्साको जगरनाथपुर गाउँपालिका–५ का एक बिरामीसँग संघर्षरत पीडित परिवारलाई समाजसेवी बृजेश्वर प्रसाद चौधरीले आफ्नो व्यक्तिगत तर्फबाट रु. ५ हजार आर्थिक सहयोग प्रदान गरेका छन्।

हाल उक्त परिवारका सदस्य काठमाडौंस्थित एक अस्पतालमा उपचाररत रहेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि आवश्यक खर्च जुटाउन कठिनाइ भइरहेको बताइएको छ।

यसै अवस्थालाई मध्यनजर गर्दै चौधरीले मानवीय भावनासहित आर्थिक सहयोग उपलब्ध गराउँदै अन्य सहयोगी मनहरूलाई पनि सकेको सहयोग गर्न आग्रह गरेका छन्। उनका अनुसार सानो–सानो सहयोगले पनि पीडित परिवारको उपचारमा ठूलो राहत पुग्न सक्छ।

उक्त परिवारलाई सहयोग गर्न इच्छुक व्यक्तिहरूले ९८०९६५२१६० नम्बरमा सम्पर्क गरी प्रत्यक्ष सहयोग गर्न सक्नेछन्।

समाजसेवी चौधरीले सबैलाई मानवीय भावना देखाउँदै पीडित परिवारको उपचारमा साथ दिन र पुण्यको भागीदार बन्न आग्रह गरेका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM