२०८३ बैशाख ३१ गते बिहीबार

छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

अभिलाष गुप्ता
वीरगंज ३० बैशाख

अरुणोदय लेडिज क्लबद्वारा आयोजित २१ दिने निःशुल्क मेहन्दी तालिम सम्पन्न भएको छ । साना छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमको समापन कार्यक्रम उत्साहपूर्ण रुपमा सम्पन्न गरिएको हो । तालिममा सहभागी छात्राहरुलाई मेहन्दी कला सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रशिक्षक श्रृजना चौधरीले प्रदान गर्नुभएको थियो ।

प्रशिक्षक चौधरीले मेहन्दी कला सीपमूलक तथा स्वरोजगार मूलक पेशा भएकाले यस्ता तालिमले बालबालिकाको प्रतिभा विकासका साथै भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा क्लबकी कार्यसमिति सदस्य निलम अग्रवालले साना बालबालिकालाई सीपमूलक शिक्षासँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सीप विकास सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै क्लवकी संगीता सरावगी, सोनी रौनियार, संगीता रुँगटा, सुनिता अग्रवाल, पुनम चाचान तथा सिनियर सदस्य पुष्पा चमरिया लगायतले यस्ता तालिमले बालबालिकाको रचनात्मक क्षमता अभिवृद्धि हुनुका साथै आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । कार्यक्रममा अभिभावक तथा स्थानीयवासीको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM