२०८३ बैशाख ३१ गते बिहीबार

नेपाल नेत्रज्योति संघ पर्साद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

अभिलाष गुप्ता
बिरगंज ३० बैशाख

नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वासुगौली गाउँपालिका–४, दक्षिणी सुगौलीमा निःशुल्क आँखा परीक्षण, चस्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनराज पन्जियारको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथिका रूपमा नेपाल नेत्रज्योति संघ पर्साका सभापति भगवती चौधरीको उपस्थिति रहेको थियो। त्यस्तै विशिष्ट अतिथिहरूमा पटेर्वासुगौली गाउँपालिका–४ का वडाध्यक्ष वासु पन्जियार, प्रधानाध्यापक रामाशंकर चौधरी तथा जिल्ला कार्यसमिति सदस्य मधुसूदन उपाध्याय रहेका थिए।

अतिथिहरूले विद्यार्थीहरूलाई पर्चा तथा चस्मा हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।शिविरमा विद्यार्थी तथा शिक्षक गरी करिब २८० जनाले सेवा लिएका थिए। आवश्यकताअनुसार निःशुल्क औषधि तथा चस्मा समेत वितरण गरिएको थियो।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याएको भन्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले नेपाल नेत्रज्योति संघ परिवारलाई धन्यवाद ज्ञापन गर्दै सम्मान पत्र समेत प्रदान गरेका थिए।
प्राविधिक सहयोग वरिष्ठ नेत्र सहायक शिव शंकर प्रसाद, कौशल कुमार कर्ण र नेत्र सहायक अन्जली चौधरीले गरेका थिए।

कार्यक्रमबारे नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला कार्यसमिति सदस्य राजन श्रीवास्तवले जानकारी दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM